प्रधानमन्त्रीले आज धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्ने
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज सार्वजनिक हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। यस समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।
क्यानले यस पटक पहिलो पटक आफ्नै आयोजनामा क्रिकेट लिग गर्न लागेको हो। मंसिर १५ गतेदेखि सुरु हुने प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौं गोर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।