चितवन राइनोजले सलाहुद्दिन खानलाई ‘आइकोनिक प्लेयर’को रूपमा छान्यो



नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवन राइनोजले आफ्नो ‘आइकोनिक प्लेयर’ रूपमा ब्याटर सलाहुद्दिन खानलाई छनोट गरेको छ। युवा प्रतिभा पहिचान गर्न चितवनले भरतपुरमा ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो। अब सलाहुद्दिनले चितवन राइनोजबाट एनपीएलमा प्रतिनिधित्व गर्नेछन्।

‘ट्यालेन्ट हन्ट’ मार्फत मनिष पुन र रोशन झा पनि छनोट भएका छन्, जसले विशेष प्रशिक्षणको अवसर पाउनेछन्। चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल रहेका छन्। टोलीले प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी सुम्पिएको छ।

एनपीएल, नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ सम्म हुनेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली – जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर