एनपीएल पहिलो संस्करणका लागि नेपाल टेलिकम र सुदूरपश्चिम रोयल्सबीच समझदारी



काठमाडौंमा मंसिर १५ गतेदेखि सुरु हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ को पहिलो संस्करणका लागि सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको छ।

मंगलबार नेपाल टेलिकम केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाल टेलिकम सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरका रूपमा रहने समझदारी भएको हो। समझदारीपत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे।

कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमले लामो समयदेखि नेपाली खेलकुदमा योगदान दिंदै आएको बताइन्। उनले एनपीएल २०८१ ले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रतियोगिता नेपाली खेलकुदको विकासक्रममा महत्वपूर्ण कोशेढुंगा बन्ने बताइन्। साथै, सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै टिमलाई सफलताको शुभकामना दिइन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर