एनपीएलको टाइटल स्पोन्सरमा सिद्धार्थ बैंक, स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्ने



नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको प्रसारण  स्टार स्पोर्ट्स नेटवर्कले गर्ने भएको छ। यससँगै, एनपीएलको टाइटल स्पोन्सरका रूपमा सिद्धार्थ बैंकलाई चयन गरिएको छ।

क्यानले आज आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षको सम्झौतासहित सिद्धार्थ बैंकलाई टाइटल स्पोन्सरको रूपमा घोषणा गरेको हो। एनपीएलको पहिलो संस्करणको प्रत्यक्ष प्रसारण भारतीय खेल च्यानल स्टार स्पोर्ट्समा हुनेछ, जसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर