एनपीएलमा फ्रेन्चाइज टोलीको निगरानी गर्न २४ घण्टै सुरक्षा अधिकारी खटाइने
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने प्रत्येक फ्रेन्चाइज टोलीको निगरानी गर्न २४ घण्टा सुरक्षा अधिकारी नियुक्त गरिने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ८ वटै फ्रेन्चाइजसँग एक-एक जना सुरक्षा लायजन अफिसर रहने व्यवस्था गरिएको जानकारी दिए।
खड्काले भने, “क्यानको एन्टी करप्सन युनिट पनि छ। हामीले नेपाल प्रहरीका आईजिपीसँग कुरा गरेर प्रत्येक फ्रेन्चाइजसँग सुरक्षा अधिकारी खटाउने व्यवस्था गरेका छौं।” यसका लागि नेपाल प्रहरीले क्रिकेटका बारेमा बुझ्ने अधिकारीहरूलाई खटाउने सल्लाह गरिएको छ। गत वर्षको नेपाल टी–२० फिक्सिङ विवादपछि यस प्रकारको कदम उठाइएको हो।
