लुम्बिनी लायन्सले एनपीएलका लागि चर्चित अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई गर्यो अनुबन्ध



लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई अनुबन्ध गरेको छ।

मंगलबार लुम्बिनी लायन्सले सामाजिक सञ्जालमार्फत कटिङको अनुबन्धको घोषणा गरेको हो। ३७ वर्षीय कटिङ विश्वका प्रमुख टी-२० फ्रेन्चाइज लिगहरूमा, जस्तै इन्डियन प्रिमियर लिग, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, र पाकिस्तान सुपर लिगमा खेलिसकेका छन्।

उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४ ओडीआई र ७ टी-२० आई खेलका छन् र हार्ड हिटिङका लागि विशेष रूपमा चिनिन्छन्। कटिङले सन् २०१८ मा श्रीलंकाविरुद्ध टी-२०आईमा डेब्यु गरेका थिए र पछिल्लो पटक २०१७ मा टी-२० आई खेलेका छन्। उनले बिग बास लिगमा ११७, पाकिस्तान लिगमा २७, र आईपीएलमा २१ खेल खेलिसकेका छन्। लुम्बिनी लायन्सले कटिङको आगमनले एनपीएल र नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।

यसअघि, लुम्बिनीले इंग्लिस विकेटकिपर टम मुर्सलाई पनि अनुबन्ध गरिसकेको छ। लुम्बिनीको कप्तान नेपाली राष्ट्रिय टोलीका रोहितकुमार पौडेल रहेका छन्, र मुख्य प्रशिक्षकको रूपमा भारतीय नन्दन फडनिसलाई अनुबन्ध गरिएको छ। नेपाली क्रिकेटका लेजेण्ड शक्ति गौचन लुम्बिनीको कन्सलट्यान्ट प्रशिक्षकका रूपमा सम्लग्न छन्।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा लुम्बिनी लायन्ससहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

लुम्बिनी लायन्सले एनपीएलका लागि अष्ट्रेलियाली अलराउण्डर बेन कटिङलाई अनुबन्ध गर्यो

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर