चितवन र कर्णालीलाई पछि पार्दै भीम सार्की काठमाडौं गुर्खाजमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर भीम सार्की क्याटोगरी ‘ए’ मा काठमाडौं गुर्खाजसँग अनुबन्ध भएका छन्।
उनलाई चितवन राइनोज, काठमाडौं गुर्खाज, र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँसम्मको बोली लगाएका थिए। गोलाप्रथाबाट काठमाडौंले उनलाई अनुबन्ध गर्न सफल भएको हो। उनकाे न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।
