नेपाली ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्धित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर आरिफ शेख गोलाप्रथामार्फत सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका आरिफलाई सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए, तर गोलाप्रथाबाट अन्ततः उनी सुदूरपश्चिम रोयल्समा पुगे। उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको थियो।
