अनिलकुमार साह जनकपुर बोल्ट्समा गोलाप्रथाबाट चयन
नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर अनिलकुमार साह जनकपुर बोल्ट्समा गोलाप्रथाबाट चयन भएका छन्।
उनी क्याटेगोरी ‘ए’ मा रहेका थिए र सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र कर्णाली यक्सले उनलाई अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए।
अन्ततः जनकपुर बोल्ट्सले गोलाप्रथामा भाग्यशाली हुँदै उनलाई टोलीमा भित्र्याउन सफल भयो। साहको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।
