एनपीएलमा अलराउन्डर विवेक यादव लुम्बिनी लायन्समा १५ लाखमा अनुबन्ध



नेपाल ‘ए’ टोलीका अलराउन्डर विवेक यादव गोलाप्रथाबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।

क्याटोगरी ‘ए’ मा रहेका यादवको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो, तर सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, र चितवन राइनोजले उनलाई अधिकतम १५ लाख रुपैयाँसम्मको बोली लगाएका थिए। अन्ततः गोलाप्रथाबाट यादव लुम्बिनी लायन्समा पुगे।

यसपटकको एनपीएलमा मार्की खेलाडीहरूमा कुशल भुर्तेल (पोखरा एभेन्जर्स), करण केसी (काठमाडौं गुर्खाज), कुशल मल्ल (चितवन राइनोज), रोहित पौडेल (लुम्बिनी लायन्स), सन्दीप लामिछाने (विराटनगर किंग्स), आसिफ शेख (जनकपुर रोयल्स), सोमपाल कामी (कर्णाली याक्स), र दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) रहेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर