एनपीएलका लागि अक्सन सुरु, रिजन ढकाल पहिलो खेलाडीको रूपमा बिक्री
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीहरुको बोलकबोल सुरु भएको छ, जसमा फास्ट बलर रिजन ढकाल बिक्री हुने पहिलो खेलाडी बनेका छन्।
उनलाई चितवन राइनोजले १० लाख रुपैयाँमा खरिद गरेको छ। ढकाल हाल नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्यसमेत हुन्।
