एनपीएलका लागि खेलाडी दर्ता सम्पन्न, अक्सनका लागि यी १४२ खेलाडी छानिए



नेपाल क्रिकेट संघले नोभेम्बर ३० देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न गरेको छ।

असोज ५ गतेदेखि सुरु भएको यो दर्ता प्रक्रिया असोज १२ गतेसम्म चलेको थियो। यस अवधिमा ४२६ जना नेपाली खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए।

यी खेलाडीहरूमध्ये, एनपीएल लिग तयारी समितिले अक्सनमा सहभागी हुने १४२ जना खेलाडीको सूची पनि सार्वजनिक गरेको छ।

असोज २० गते हुने अक्सनमा यी खेलाडीहरूको छनोट प्रक्रिया हुनेछ, जसमा फ्रेन्चाइज टिमहरूले खेलाडीहरूलाई छनोट गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर