एक वर्षका लागि नेपाली क्रिकेटको ‘होम ग्राउन्ड’ अमेरिका हुनसक्छ: पारस खड्का



नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एक वर्षका लागि नेपाली क्रिकेटको ‘होम ग्राउन्ड’ अमेरिका हुनसक्ने बताएका छन्। त्रिवि क्रिकेट मैदानमा निर्माण कार्य सुरु हुने पक्का भएपछि यस्तो सम्भावना भएको उनले बताए।

त्रिवि मैदानमा १० महिनाभन्दा बढी समय लाग्ने

राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा आयोजित नेपाल प्रिमियर लिगको ‘हेल्प डेस्क’ उद्घाटन कार्यक्रममा खड्काले त्रिवि क्रिकेट मैदानको पुनर्निर्माणमा कम्तिमा १० महिनाभन्दा बढी समय लाग्नसक्ने जानकारी दिए। यसले गर्दा, आगामी एक वर्षका लागि नेपाली क्रिकेटको घरेलु मैदान अमेरिकामा स्थानान्तरण गर्ने सम्भावना रहेको जानकारी दिए।

नेपाल प्रिमियर लिग भने त्रिवि मैदानमै

आगामी मंसिर १६ देखि सुरु हुने नेपाल प्रिमियर लिग निर्धारित समयमै त्रिवि मैदानमै हुने खड्काले पुष्टि गरे। उनले दर्शकलाई बस्न र खेल अनुभव लिन सहज बनाउन त्रिवि मैदानमा अस्थायी सिटहरू राखिने जानकारी दिए।

खड्काले पुनर्निर्माण भएका स्टेडियमहरूले नेपालमा क्रिकेटको विकासमा ठूलो योगदान पुर्‍याउने आशा व्यक्त गर्दै, यसले देशभर ४५ जिल्ला र सात प्रदेशमा खेलको व्यवस्थापनलाई अझ सुदृढ बनाउनेमा विश्वास व्यक्त गरे।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर