एनपीएल: शनिबार सबै टिमको नाम र लोगो सार्वजनिक हुँदै
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १६ देखि पुस ६ गतेसम्म आयोजना गर्ने पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी सात फ्रेन्चाइज टिमले आफ्नो नाम र लोगो आगामी शनिबार, असोज १२ गते सार्वजनिक गर्ने भएका छन्। हालसम्म पोखरा फ्रेन्चाइज पोखरा एभेन्जर्सले मात्र आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ, भने अन्य सात टिमले शनिबार आफ्ना नाम र लोगो सार्वजनिक गर्नेछन्।
