एनपीएलको सबैभन्दा महँगो टिम ‘पोखरा एभेन्जर्स’को लोगो सार्वजनिक



नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। नेपाल टी-२० प्रा.लीको स्वामित्वमा रहेको पोखराले सामाजिक सञ्जालमार्फत लोगो सार्वजनिक गरेको हो।

लोगोमा उदाउँदै गरेको सूर्यको संकेतका रूपमा बल राखिएको छ, जसले आशा र उर्जा झल्काउँछ। त्यस्तै, चिलको चित्र पनि समावेश गरिएको छ, जसले चुनौतीहरूलाई सामना गर्ने साहसको प्रतीक बताइएको छ। साथै, माछापुच्छ्रे हिमालको चित्रले पोखराको पहिचानलाई झल्काउँछ।

नेपाल टी–२० प्रालिले  एनपीएल अक्सनमा ३ करोड ५७ लाख रुपैयाँ खर्च गरेर टोलीको स्वामित्व प्राप्त गरेको थियो, जुन सबैभन्दा महँगो खरिद थियो। नेपाली राष्ट्रिय टोलीका आक्रामक ओपनर कुशल भुर्तेललाई  पोखरा एभेन्जर्सले मार्की खेलाडीको रूपमा आफ्नो टोलीमा समावेश गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर