एनपीएलका ८ टिमले पाए मार्की खेलाडी, पारिश्रमिक कति?
नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिमले मार्की खेलाडी लक्की ड्रमार्फत चयन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै राष्ट्रिय टिमका ८ जना खेलाडीलाई मार्की खेलाडी घोषित गरेको थियो । उनीहरूलाई शनिबार लक्की ड्रमार्फत आठवटा फ्रेन्चाइज टिमले आफ्नो टिममा अनुबन्धन गरेका हुन् । क्यान सचिव पारस खड्काका अनुसार मार्की खेलाडीले जनही २० लाख रुपैयाँ पाउनेछन् ।
