सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा चयन गर्यो
नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिमले मार्की खेलाडी लक्की ड्रमार्फत चयन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै राष्ट्रिय टिमका ८ जना खेलाडीलाई मार्की खेलाडी घोषित गरेको थियो । उनीहरूलाई शनिबार लक्की ड्रमार्फत आठवटा फ्रेन्चाइज टिमले आफ्नो टिममा अनुबन्धन गरेका हुन् ।
इम्पियर स्पोर्ट्सको स्वामित्वमा रहेको सुदूरपश्चिम टिमले नेपाली क्रिकेटका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा छानेको छ। उनको बलिङ, ब्याटिङ र नेतृत्व क्षमताले सुदूरपश्चिमलाई प्रतियोगितामा बलियो बनाउन मद्दत पुर्याउनेछ। दीपेन्द्रको अनुभव र बहुमुखी क्षमताले टिमलाई ठूला उपलब्धिहरू हासिल गराउन सक्ने विश्वास गरिएको छ।
