अलराउन्डर करण केसी काठमाडौंका मार्की खेलाडी



नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिमले मार्की खेलाडी लक्की ड्रमार्फत चयन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै राष्ट्रिय टिमका ८ जना खेलाडीलाई मार्की खेलाडी घोषित गरेको थियो । उनीहरूलाई शनिबार लक्की ड्रमार्फत आठवटा फ्रेन्चाइज टिमले आफ्नो टिममा अनुबन्धन गरेका हुन् ।

कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौं टिमले शनिबारको लक्की ड्रमा नेपालका अनुभवी अलराउन्डर करण केसीलाई मार्की खेलाडीको रूपमा छानेको छ। करण आफ्नो तीव्र बलिङ र विस्फोटक ब्याटिङ क्षमताका कारण काठमाडौंको टिमलाई प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


प्रतिकृया


सम्बन्धित खबर