खेलाडी छनोट अक्सनबाट, क्यानले मार्की खेलाडी छिट्टै सार्वजनिक गर्ने



नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडी छनोट अक्सनमार्फत गर्ने निर्णय गरेको छ। लिग नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा आयोजना हुनेछ, भने खेलाडी अक्सन सेप्टेम्बरको अन्त्यसम्म सम्पन्न गर्ने योजना बनाएको छ।

क्यानका अनुसार, खेलाडी छनोट अक्सन प्रक्रियाबाट हुने र हरेक टिममा १६ खेलाडीसम्म समावेश गरिनेछन्। टिममा विदेशी खेलाडी कति राख्ने भन्ने हालसम्म टुंगो लागेको छैन। क्यानले छिट्टै मार्की खेलाडीहरूको नाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जसमा राष्ट्रिय टोलीका शीर्ष खेलाडीहरू हुनेछन्।

अक्सनमा खेलाडीको न्यूनतम मूल्य र ग्रेड उनीहरूको अन्तर्राष्ट्रिय सहभागिता र प्रदर्शनका आधारमा निर्धारण हुने क्यान श्रोतले बताएको छ । यसपटक लिगमा सहभागी हुने खेलाडीलाई न्यूनतम मूल्य तोक्न पाउने अवसर दिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर