एनपीएल पहिलो संस्करणका लागि मार्की खेलाडीहरूको घोषणा



नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो संस्करणका लागि मार्की खेलाडीहरूको घोषणा गरेको छ। मंसिर १६ देखि पुस ६ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि शुक्रबार सार्वजनिक गरिएको सूचीमा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित अन्य प्रमुख खेलाडीहरू छन्।

मार्की खेलाडीको सूचीमा रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल, र आसिफ शेखको नाम समावेश छ। क्यानका प्रवक्ता छुम्मी लामाले एनपीएल कमिटीले हालैको प्रदर्शन, पछिल्लो तीन वर्षको प्रदर्शन, र अनुभवका आधारमा खेलाडीको छनोट गरेको जानकारी दिए।

८ जना मार्की खेलाडीहरु कुन फ्रेन्चाइजमा आबद्ध हुने भनेर शनिबार लक्की ड्र गरिँदै छ । ८ वटा फ्रेन्चाइजका प्रतिनिधिले गोला थुतेर मार्की खेलाडी चयन गर्नेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर