यूएईका अलराउन्डर रोहन मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्धित



यूएईका चर्चित क्रिकेटर र पूर्वकप्तान रोहन मुस्तफा यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। उनले विभिन्न नेपाली क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्, जसले गर्दा उनले नेपाली फ्यानहरूमा लोकप्रियता पाएका छन्।

३६ वर्षीय रोहन मुस्तफा एक अनुभवी अलराउन्डर हुन्। उनले ५८ टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा १,००० भन्दा बढी रन जोड्दै २१ को औसतमा ६१ विकेट लिएका छन्। अफ स्पिन बलिङ गर्दै, उनको इकोनोमी ७ रन प्रतिओभरभन्दा कम छ। विशेषत, एकै ओडीआई खेलमा शतक र ५ विकेट लिने दुर्लभ कीर्तिमान पनि उनले आफ्नो नाममा लेखाएका छन्।

रोहनले यूएईको आईएल टी-२० लिगमा डेजर्ट भाइपर्स र आबुधाबी टी-१० मा बांग्ला टाइगर्सको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

एनपीएल र सुदूरपश्चिम रोयल्सको टोली सदस्यहरू

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि एनपीएल सुरु हुनेछ, जसमा ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।

सुदूरपश्चिम रोयल्सको टोली:
– दीपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
– आरिफ शेख
– अभिनास बोहोरा
– विनोद भण्डारी
– अर्जुन कुमाल
– खडक बोहोरा
– इशान पाण्डे
– नरेश बुढाऐर
– भोजराज भट्ट
– नरेन साउद
– अमित श्रेष्ठ
– ब्रान्डन मक्मलेन
– सेफ अलि जेब
– स्कट कुगेलेइन
– रोहन मुस्तफा

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर