एनपीएल खेलाडी रजिस्ट्रेसन खुला, तीन श्रेणीमा आवेदन दिन सकिने
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक सूचना जारी गर्दै खेलाडीले आगामी असोज १२ गतेसम्म आफ्नो नाम दर्ता गराउन सक्ने जानकारी दिएको छ।
खेलाडीहरूले तीन वर्ग—ए, बी, र सी—मा आफ्नो रजिस्ट्रेसन गराउन सक्नेछन्। रजिस्ट्रेसनको लागि क्यानले एक हजार रुपैयाँ शुल्क तोकेको छ।
दर्ता भएका खेलाडीहरूलाई एनपीएलका आठवटा फ्रेन्चाइज टिमले अक्सन प्रक्रियामार्फत चयन गर्नेछन्। यसअघि नै प्रत्येक टिमले मार्की खेलाडी चयन गरिसकेका छन्। प्रत्येक टिममा १६ जना खेलाडी रहनेछन्, जसमा ४ जना विदेशी खेलाडी राख्न सकिनेछ। लिग प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।
