पोखराले ओपनर कुशल भुर्तेललाई मार्की खेलाडी बनायो
नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिमले मार्की खेलाडी लक्की ड्रमार्फत चयन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै राष्ट्रिय टिमका ८ जना खेलाडीलाई मार्की खेलाडी घोषित गरेको थियो । उनीहरूलाई शनिबार लक्की ड्रमार्फत आठवटा फ्रेन्चाइज टिमले आफ्नो टिममा अनुबन्धन गरेका हुन् ।
नेपाल टी–२० प्रालिको स्वामित्वमा रहेको पोखराएभेन्जर्स टिमले नेपाली राष्ट्रिय टोलीका आक्रामक ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा चुनेको छ। कुशलको विस्फोटक ब्याटिङ क्षमताले पोखरा टिमलाई राम्रो सुरुवात दिन मद्दत गर्नेछ।
