एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक



एनपीएलको सबैभन्दा महँगो टिम, पोखरा एभेन्जर्सले जलवायु परिवर्तन र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो जर्सी सार्वजनिक गरेको छ। लोमान्थाङमा जर्सी अनावरणको भिडियो सार्वजनिक गर्दै, पोखरा एभेन्जर्सले हिमालय पग्लने समस्या र यसको असरलाई क्रिकेटमार्फत् उजागर गर्न खोजेको जनाएको छ।

यस अवसरमा काठमाडौँको सोल्टी होटलमा भव्य कार्यक्रम आयोजना गरियो। पाहुनाको स्वागतमा गण्डकीमा र्याली निकालिएको थियो, जसमा स्थानीयहरूको उत्साही सहभागिता देखियो। कार्यक्रमका वक्ताहरुले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र पोखराको सहभागिताले राष्ट्रको क्षमता अभिवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा पोखरा एभेन्जर्सको अफिसियल गीत प्रस्तुत गरियो, जसले जलवायु परिवर्तन र दिगो पर्यटनको सन्देशलाई थप सुदृढ बनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर