नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग आयोजना गर्ने
नेपाल क्रिकेट संघ (क्यान) ले आउँदो नोभेम्बर/डिसेम्बरमा नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले यो निर्णय गरेको हो।
क्यानका सचिव पारस खड्काका अनुसार, बैठकले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको पिच पुनः निर्माण र स्तरोन्नति गर्ने निर्णयसमेत गरेको छ। साथै, जिम हललाई व्यवस्थित गर्न विस्तार गर्दै आवश्यक उपकरण थपिने र खेल मैदानको फेन्सिङ र ढल व्यवस्थापन गरिने जनाएको छ| त्यस्तै, सातै प्रदेशमा डेभलपमेन्ट अफिसरहरूको आवश्यकता देखिएकोले प्रदेशहरूको सिफारिसमा उनीहरूलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।