कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दियो



काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को सोमबारको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको हो।

कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाए, जबकि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

सुदूरपश्चिमका बलरहरूले कर्णाली याक्सको पारीमा प्रभावशाली प्रदर्शन गरेका थिए। हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए, कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २० रन खर्चेर २ विकेट र २ रनआउट गरे। स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए, जबकि सैफ अली जैबले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर