एनपीएलमा आज सुदूरपश्चिम-जनकपुर र चितवन-काठमाडौं भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई रोमाञ्चक खेल हुँदैछन्।
पहिलो खेलमा शीर्ष दुई टोली सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। यस खेललाई शेख दाजुभाइको ब्याटलका रूपमा हेरिएको छ। अहिलेसम्म जनकपुर अपराजित छ भने सुदूरपश्चिमले एक खेलमा पराजय व्यहोरेको छ।
दोस्रो खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजसँग प्रतिस्पर्धा गर्नेछ। मङ्गलवारको खेलमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी आज पनि बलियो रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।