कर्णाली याक्सद्वारा प्रतिभाशाली खेलाडी छनोट गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमको आयोजना
कर्णाली याक्सले शुक्रबार ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमको आयोजना गर्ने भएको छ। मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर प्रतिभावान खेलाडी छनोट गर्नेछन्। उनले भने, “हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौं।”