सुदूरपश्चिम रोयल्सले नयाँ जर्सी सार्वजनिक गर्यो
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रूपमा पहेंलो रङको जर्सी सार्वजनिक गरे।
जर्सी सार्वजनिक कार्यक्रममा ड्रोनमार्फत विशेष प्रदर्शन गरिएको थियो, जहाँ दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सी कार्यक्रम हलमा ड्रोनले भित्र्याएको थियो।
सुदूरपश्चिम टिमको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन्।
