पाकिस्तानका मुहम्मद मोहसिन जनकपुर बोल्ट्समा अनुबन्ध



पाकिस्तानका मुहम्मद मोहसिन जनकपुर बोल्ट्समा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि अनुबन्ध भएका छन्। जनकपुरले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको जानकारी दिएको छ।

२८ वर्षीय मोहसिनले ३० टी-२० खेलमा १७९ रन बनाउँदै २२ विकेट लिएका छन्। उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र अमेरिकाको मेजर क्रिकेट लिगमा पनि खेलिसकेका छन्।

जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निसम र अमेरिकाका युवा क्रिकेटर जोसुआ ट्रम्पलाई पनि अनुबन्ध गरिसकेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख जनकपुरका मार्की प्लेअर हुन्, र जनकपुरको मुख्य प्रशिक्षक पुबुदु दासानायके रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोली प्रतिस्पर्धा गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर