लुम्बिनी लाइन्सद्वारा नन्दन फाडनिस मुख्य प्रशिक्षकमा नियुक्त
नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लाइन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। लुम्बिनीले फाडनिसलाई प्रशिक्षकको जिम्मेवारी सुम्पेको जानकारी दिएको छ।
राष्ट्रिय टिमका सल्लाहकार कोचसमेत रहेका फाडनिसलाई कुशल रणनीतिकार कोचका रूपमा चिनिन्छ। यसअघि लुम्बिनीले राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई मार्की खेलाडीको रूपमा चयन गरेको थियो भने, इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मूरेजलाई पनि टोलीमा समावेश गरिसकेको छ।
