काठमाडौं गुर्खाजले गर्‍यो माइकल लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध



काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेदरल्याण्ड्सका ब्याट्सम्यान माइकल लेभिटलाई टोलीमा अनुबन्ध गरेको छ। बुधबार सामाजिक सञ्जालमार्फत काठमाडौंले लेभिटलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा घोषणा गरेको हो।

लेभिटले मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने एनपीएलको पहिलो संस्करणमा गुर्खाजबाट खेल्नेछन्।

काठमाडौंले अनुबन्ध गरेको दोस्रो डच खेलाडी हुन् लेभिट। यसअघि, पोखरा एभेन्जर्सले नेदरल्याण्ड्सका अलराउन्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर