शहाब आलमलाई १५ लाखको बोलीमा काठमाडौं गुर्खाजले अनुबन्ध गर्यो
नेपाली राष्ट्रिय टोलीका पूर्व बलर शहाब आलम क्याटोगरी ‘ए’ मा काठमाडौं गुर्खाजसँग अनुबन्ध भएका छन्।
उनलाई काठमाडौं र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। तर, साहब गोलाप्रथाबाट काठमाडौं गुर्खाजमा अनुबन्धित हुन सफल भए। उनकाे न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।
