एनपीएलका मार्की खेलाडीले कम्तीमा २० लाख पारिश्रमिक पाउने
नेपाल प्रिमियर लिग (एनपीएल) का मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने भएका छन्।
शनिबार सार्वजनिक भएको टिम विवरण अनुसार, काठमाडौंको मार्की खेलाडी करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी, र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी रहेका छन्। अन्य खेलाडीहरूको छनोटका लागि दशैंअघिनै अक्सन आयोजना गरिने क्यानले जनाएको छ।
एनपीएलका प्रत्येक टोलीले १६ खेलाडीसम्म राख्न पाउनेछन्, जसमा ४ जना विदेशी खेलाडी समावेश गर्न सकिने व्यवस्था छ।