इंग्ल्याण्डका रवि बोपारा चितवन राइनोजमा



चितवन राइनोजले इंग्ल्याण्डका अनुभवी खेलाडी रवि बोपारालाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ। बोपारा अब मंसिर १५ देखि सुरु हुने एनपीएलमा चितवन राइनोजको जर्सीमा खेल्नेछन्।

चितवन राइनोजले बोपारालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको छ। उनी पाँचौं विदेशी खेलाडी हुन्। यसअघि चितवनले दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लोफ्टी-इटनलाई अनुबन्ध गरिसकेको छ।

३९ वर्षीय बोपाराले इंग्ल्याण्डका लागि १३ टेस्ट, १२० एकदिवसीय र ३८ टी-२०आई खेल खेलिसकेका छन्। उनले ४७८ टी-२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् र २९१ विकेट पनि लिएका छन्। बोपाराले आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएल लगायतका विश्वका प्रमुख फ्रेन्चाइज लिगमा पनि खेलका छन्।

बोपाराले नेपालका क्रिकेट समर्थकका बारेमा राम्रो थाहा राख्ने र चितवन राइनोजको जर्सीमा खेल्न उत्साहित भएको बताए। चितवन राइनोजका म्यानेजिङ डिरेक्टर आयुष न्यौपानेले बोपाराजस्तो अनुभवी खेलाडीको आगमनले टिमको सन्तुलन सुधार्ने र उनको नेतृत्वले ड्रेसिङ रुममा सकारात्मक प्रभाव पार्ने बताए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर