नेपाल प्रिमियर लिग (एनपीएल)२०२४ मा शिखर धवन कर्णाली याक्सबाट खेल्ने
भारतीय क्रिकेटर शिखर धवन पहिलो पटक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा सहभागी हुने भएका छन् उनले कर्णाली याक्स टोलीबाट खेल खेल्ने तय गरका छन्। शिखर धवनले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।
एनपीएल प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भएको छ। यो प्रतियोगितामा आठ टिम र ३२ खेल हुने भनिएको छ।जस अन्तर्गत दुई क्वालिफायर, एक एलिमिनेटर, र फाइनल खेल समावेश छन्। प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म चल्नेछ र सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ।
भारतका उत्कृष्ट ओपनिङ खेलाडीमध्ये एक मानिएका शिखर धवनले भारतको लागि १०,००० भन्दा बढी रन बनाएका छन्। धवनसँगै यस प्रतियोगितामा न्यूजिल्याण्डका जेम्स नीशाम, पाकिस्तानका मोहम्मद हुसेन तलत, हङकङका बाबर हयात, र भारतका उमुक्त चन्दजस्ता विदेशी खेलाडीहरू पनि खेल्नेछन्।
