अमेरिकी क्रिकेटर मिलान्था जनकपुर बोल्ट्समा



अमेरिकी क्रिकेटर लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।

जनकपुर बोल्ट्सले मंगलबार श्रीलंकन मूलका अमेरिकी क्रिकेटर मिलान्थालाई अनुबन्ध गरेको घोषणा गरेको छ।

मिलान्थाले यसअघि श्रीलंका ‘ए’ र इमर्जिङ टोलीबाट खेलेका थिए र नेपालमा पनि खेलिसकेका छन्। उनी हाल अमेरिकामा क्रिकेट खेलिरहेका छन् र अब मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपीएलमा जनकपुर टिमबाट सहभागी हुनेछन्।

जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था यस सिजनका लागि चौथो विदेशी खेलाडी हुन्। यसअघि टिमले न्युजिल्यान्डका जिमी निसम, अमेरिकन जोशुआ ट्रम्प र पाकिस्तानका मोहम्मद मोहसिनलाई पनि अनुबन्ध गरिसकेको छ।

दुई वर्षअघि नेपाल क्रिकेट संघले आयोजना गरेको नेपाल टी–२० लिगमा मिलान्थाले लुम्बिनी अल स्टारबाट खेलेका थिए। उनले सो प्रतियोगितामा १२२ भन्दा माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए र सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका थिए। फाइनलमा पनि उनले ४१ रन बनाएका थिए।

जनकपुर बोल्ट्समा मार्की खेलाडीका रुपमा आसिफ शेख रहेका छन् भने टिमका मुख्य प्रशिक्षक नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र सहायक प्रशिक्षक मनोज कटुवाल रहेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर