आसिफ शेख चयन भए जनकपुरको मार्की खेलाडी



नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिमले मार्की खेलाडी लक्की ड्रमार्फत चयन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै राष्ट्रिय टिमका ८ जना खेलाडीलाई मार्की खेलाडी घोषित गरेको थियो । उनीहरूलाई शनिबार लक्की ड्रमार्फत आठवटा फ्रेन्चाइज टिमले आफ्नो टिममा अनुबन्धन गरेका हुन् ।

ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर टिमले नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखलाई मार्की खेलाडीको रूपमा चयन गरेको छ। आसिफको सुसंगठित ब्याटिङले जनकपुरलाई राम्रो सुरुवात दिने अपेक्षा गरिएको छ। उनको अनुभवले जनकपुरलाई आगामी एनपीएलमा प्रतिस्पर्धी बनाउनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर