कुशल मल्ल चयन भए चितवनको मार्की खेलाडी
नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिमले मार्की खेलाडी लक्की ड्रमार्फत चयन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै राष्ट्रिय टिमका ८ जना खेलाडीलाई मार्की खेलाडी घोषित गरेको थियो । उनीहरूलाई शनिबार लक्की ड्रमार्फत आठवटा फ्रेन्चाइज टिमले आफ्नो टिममा अनुबन्धन गरेका हुन् ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन टिमले आक्रामक ब्याटर र स्पिनर कुशल मल्ललाई मार्की खेलाडीको रूपमा चयन गरेको छ। कुशलले आफ्नो ब्याटिङ क्षमताले चितवनको मध्यक्रमलाई मजबुत बनाउने विश्वास गरिएको छ।
