विराटनगरले प्रमुख स्पिनर सन्दीप लामिछानेलाई पायो



नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिमले मार्की खेलाडी लक्की ड्रमार्फत चयन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै राष्ट्रिय टिमका ८ जना खेलाडीलाई मार्की खेलाडी घोषित गरेको थियो । उनीहरूलाई शनिबार लक्की ड्रमार्फत आठवटा फ्रेन्चाइज टिमले आफ्नो टिममा अनुबन्धन गरेका हुन् ।

एमएडी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगर टिमले नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई मार्की खेलाडीको रूपमा चुनेको छ। विश्वभरका प्रमुख फ्रेन्चाइज लिगहरूमा खेलेका सन्दीपले टिमलाई आफ्नो अनुभव र क्षमताले बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ। विराटनगरले सन्दीपलाई टिममा समावेश गर्दा उनीहरूको बलियो पक्ष स्पिन बलिङमा देखिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर